प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय तथा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन । बैठक १० बजे बालुवाटारमा बोलाइएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन ।

आजको बैठकको एजेण्डा केन्द्रीय कमिटी सदस्यहरुलाई जानकारी नगराइएको भए पनि यसअघि बसेको बैठकको निरन्तरता रहेको बताइएको छ । यसअघि वैशाख ६ र १० गते बसेको बैठकको निरन्तरता भए पनि बाँकी नेताहरुको जिम्मेवारी तोक्ने र माधवकुमार नेपाल पक्षका नेताहरुको कारवाही बारे थप छलफल हुनसक्छ ।

गत ६ बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । अधिकांश नेताहरुले स्पष्टीकरण बुझाई सक्नुभए पनि त्यसबारे निर्णय हुन बाँकी छ । आज आकस्मिक बोलाइएको बैठकमा त्यसबारे छलफल र निर्णय हुनसक्ने केन्द्रीय सदस्य देवकोटाले बताउनुभयो ।