नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल समूहकालाई हटाएर स्थायी समिति गठन गरेका छन् ।

शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले नेपाल पक्षलाई बाहिर राख्दै नयाँ स्थायी कमिटि बनाएको हो । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ ।

ओलीले हाललाई १७ जनाको स्थायी कमिटी बनाएर पछि थप सदस्य थप्ने निर्णय गरेको जनाइएको छ । स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।

अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली,उपाध्यक्ष गौतम र महासचिव ईश्वर पोखरेलसहित यी नेताहरू रहने छन् ।