पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १०५१ सहित देशभर थप २४२८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

जसमध्ये उपत्यकाको काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित निको भएका छन् भने ५ जनाको मृत्यु पुष्टि भएको छ ।