लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
८७ सांसद सदस्य रहेको लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रले एमाले प्रवेश गरेका दुई सांसदमाथि कारवाही गरेपछि ८५ सांसद सदस्य कायम रहेका छन । योसँगै नयाँ सरकार बनाउन बहुमतका लागि ४३ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।
जसमा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् भने माओवादी केन्द्रका १७, नेपाली काँग्रेसका २०, जसपा नेपालका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सांसद छन् ।








