पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३५ सहित देशभर थप १०१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ८४ हजार ७४२ जना पुगेको छ ।
उपत्यकाको काठमाडौँमा ३२६ जना , ललितपुरमा ६४ जना तथा भक्तपुरका ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो चौबीस घण्टामा २६२ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७५ हजार तीनसय जना पुगेका छन ।








