कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आज (आइतबार) हुँदैछ ।

शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गनुभएको थियो ।

उनीहरुको सपथ आइतबार हुने तय भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए भने प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भएपनि उहाँ चाहिँ मन्त्री बन्नु भएको छैन । कांग्रेसलाई पनि एक मन्त्री दिने सहमति भए पनि औपचारिक निर्णय भइसकेको छैन ।