पछिल्लो २४ घण्टामा देशभर थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८०९ जना पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा २०८ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७४ हजार ८१२ जना पुगेका छन ।

पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले ४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल संख्या ३०७० जना पुगेको छ ।