गण्डकी प्रदेश सरकारमाथि आजै अविश्वासको प्रस्ताव लैजाने तैयारी

news-details

पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको गण्डकी प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव लैजाने तैयारी भैरहेको छ ।

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको सहभागितामा बनेको सरकारलाई पछिल्लो समय राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि यो राजनितिक तयारी भएको हो ।

मुख्यमन्त्रीको दावी गर्न सक्ने माओवादी केन्द्रले नेपाली काँग्रेसको नेतृत्व मान्न तैयार भएपछि एमाले बाहेकका अन्य ४ दलहरुबीच यस्तो सहमती भएको माओबादी केन्द्रका नेता एवं पूर्व कानुन मन्त्री हरि बहादुर चुमानले जानकारी दिनुभयो ।

चुमानका अनुसार राष्ट्रिय जनमोर्चाका ३, माओवादीका ११, जसपाका २ र नेपाली काँग्रेसका १५ जनाको छलफल र सहमतिमा नेपाली काँग्रेसका संसदिय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्व हुने गरी आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *