काठमाडौ उपत्यकामा २५४ सहित देशभर थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २५४ सहित देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ८१ हजार ५८७ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा २५४ मा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो चौबीस घण्टामा १२९ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७४ हजार ४४७ जना पुगेका छन । हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको छ ।

हाल चार हजार ५६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा ७९ जना क्वारेन्टिनमा र चार हजार ५६ जना आइसोलेशनमा रहेको मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन । प्रवक्ता डा गौतमका अनुसार हाल ८० जना सङ्क्रमित सघन उपचार कक्षमा र २५ जना भेन्टिलेटरमा रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *