दैनिक ११ हजार संक्रमित थपिन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

news-details

कोरोना भाइरसले फेरी खतराको घण्टी बजाउन थालेको छ । दैनिक मृतकको संख्या थपिने क्रम छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो जेठ–असारसम्म कोरोना संक्रमितको संख्या उच्च हुने जनाएको छ ।

मंगलबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अहिलेको दरमा कोरोना संक्रमण बढ्दै गए आउँदो असारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ लाखसम्म पुग्न सक्ने बताउनुभयो ।

अहिलेको संक्रमण दर हेर्दा आउँदो असारसम्म दैनिक ११ हजार संक्रमित थपिन सक्ने प्रक्षेपण उहाँको थियो ।

मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा राख्न अहिले उपकरण र सुरक्षा सामग्रीको व्यवस्थापन गरिरहेको उहाँको भनाइ छ ।

भारतबाट आउने नाकाहरूमा होल्डिङ सेन्टर र क्वरेण्टीन स्थल थपिने मन्त्री त्रिपाठीको भनाइ छ ।

युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको भन्दै मन्त्री त्रिपाठीले संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिफारिस गरिएको पनि बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *