सामान किन्न पसल गएकी युवती दुई दिनदेखि बेपत्ता, अपहरण भएको परिवारको आशंका

news-details

सामान किन्न गएकी विराटनगरकी एक युवती दुई दिनदेखि बेपत्ता छिन । विराटनगर महानगरपालिका–१२ की १४ वर्षीय मञ्जुरी उपाध्याय आइतबार साँझदेखि बेपत्ता भएकी हुन् ।

आइतबार स्कुलबाट फर्किएपछि करिब ४ बजेतिर पूजाको सामान किन्न पसल गएकी छोरी अहिलेसम्म घर नफर्किएको मञ्जुरीकी आमा अमृताले बताइन् । उनी स्टार बोर्डिङ स्कुलमा कक्षा नौमा अध्ययनरत थिइन् ।

‘पौने चार बजेतिर पूजाको सामान किन्न नजिकैको पसलमा पठाएकी थिएँ । ५ बज्दा पनि नआएपछि म खोज्न गएँ,’ अमृताले भनिन्, ‘पसलमा बुझ्दा सामान किनेको रहेछ । तर, घर आइनन् ।’

उनका साथी, आफन्तकहाँ सबैतिर बुझेको तर कहीँ पत्ता नलागेको उनले बताइन् । बिहानसम्म पनि छोरी घर नफर्किएपछि सोमबार बिहानै प्रहरीमा उजुरी दिएको अमृताले बताइन् ।

‘बिहानै प्रहरीमा उजुरी दिएका छौँ, तर अहिलेसम्म छोरी आएकी छैनन्, परिवार सबै चिन्तामा छौँ,’ अमृताले भनिन् ‘अपहरण भएको आशंका छ, तर अहिलेसम्म त्यस्तो कुनै फोन आएको छैन ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *