पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ५५९ सहित देशभर थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ८० हजार ५२४ जना पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा १३८ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७४ हजार १६५ जना पुगेका छन ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको र हालसम्म कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३०५३ पुगेको मन्त्रालयले जनाएको छ ।








