केही दिन अघिसम्म काठमाडौंसहित देशका विभिन्न ठाउँमा बढेको वायु प्रदूषणमा केही सुधार भएको छ । गएराति देशभर हावाहुरीसहित हल्का पानी परेसँगै वायु प्रदूषण केही मात्रामा घटेको हो ।

वायु प्रदूषण मापन गर्ने आइक्युएअर डटकमका अनुसार काठमाडौंको एक्यूआई अहिले १ सय ५२ छ । नेपाल अहिले विश्वव्यापी सूचकांकमा आठौं स्थानमा छ ।

केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४ सय ७० एक्यूआई सम्म पुगेको थियो।

नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो । आज पनि केही सुधार देखिएको हो ।

यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घ रोगीहरूले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन्।