पछिल्लो २४ घण्टामा देशभर थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा १२७ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७३ हजार ७३५ जना पुगेका छन ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको र हालसम्म कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३०३८ पुगेको मन्त्रालयले जनाएको छ ।