नेकपा एमालेको माधव नेपाल –झलनाथ खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ ।

सो समूहले वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका वसन्त मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेको हो ।

जसको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । नेपाल समूहको जिल्ला समिति २ सय २५ सदस्यीय रहेको छ ।

संस्थापन समूहको अध्यक्ष भने कृष्ण राई रहेका छन् । कृष्ण राई संघीय सांसद हुन् भने मानन्धर बागमती प्रदेश सांसद रहेका छन् ।