कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि शाहीलाई आग्रह निर्णय गरेपछि शाही नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि नै मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । आइतबार नेपाल समूहले पनि नयाँ सरकार बनाउन एमालेले आफ्ना मन्त्रीहरूलाई सामूहिक राजीनामा दिन लगाएको छ ।

भोलि सोमबार नै नेपाल समूहका एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ । हाल शाहीको मन्त्रिमण्डलमा नेपाल समूहको एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन्।

शाही माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका हुन् ।