काठमाडौँमा वायु प्रदूषण बढेपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।
वायु सुक्खा र धुँवा९धूलो बढेका कारण शुक्रबार बिहानैदेखि लागेको बाक्लो तुवालो हालसम्म हटेको छैन । सोही कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक एवं बाह्य उडान र अवतरण प्रभावित भएका हुन् ।
बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी शून्य भएकाले उडान प्रभावित भएको हो । शनिबार बिहान उपत्यकाको भिजिविलिटी एक किलोमिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालको आकाशमा बाक्लो तुवाँलो रहेको र भिजिविलिटी कम भएका कारण अन्तर्राष्ट्रियतर्फ एक जहाज भारतमा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
भिजिविलिटी कम भएका कारण आन्तरिक उडान पनि प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
साथै, आज पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण स्वाथ्यका लागि घातक अवस्थामा नै रहेकोले सकेसम्म घरबाहिर ननिस्कन, खुल्ला वायुमा धेरै बेर नबस्न मौसमविदहरूको सुझाव छ ।








