भारतीय जेलमा ४० वर्ष बिताएका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

news-details

४० वर्ष भारतको कोलकातामा जेल जीवन भोगेर केही दिन अघि मात्र माई नगरपालिका १० मा रहेको घर आइपुगेका दुर्गाप्रसाद तिम्सिना (दीपक)ले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन ।

आज जिल्ला प्रशासन कार्यालय इलाममा पुगेका तिम्सिनालाई प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले नेपाली नागरिकताको प्रमाणपत्र दिएका हुन ।

२०१७ साल साउन २० गते जन्मिएका तिम्सिनाको जन्म दर्ता, नागरिकतालगायत कुनैपनि कागजात अहिलेसम्म थिएन । तिम्सिनाको उपचार लगायत अन्य प्रक्रियाका लागि नागरिकता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिकता बनाइएको हो ।

माई नगरपालिका १० नम्बर वडा कार्यालयले तिम्सिनाको नागरिकता बनाउनका लागि शिफारिसपत्रका साथै जन्मदर्ता विवरण र भाइ प्रकाशचन्द्र शर्मा, भतिज गोपाल तिम्सिना र दुर्गा तिम्सिनाको नाता प्रमाणितसमेत गरिएको छ ।

योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न सहज भएको छ । यसअघि उच्च अदालत कोलकाताले तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *