पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) नलगाउने राइड सेयरिङ कम्पनी पठाओ नेपाल प्रा।लीले जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गरी सो कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नायतले पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याएको बताउनुभयो ।

उहाँका अनुसार ज्याकेट र ट्राउजरसहित पठाओको लोगो वा ब्राण्ड प्रयोग गर्न मनाही गरिएको छ । यदि कसैले प्रयोग गरे प्रशासनको कार्वाहीको भागिदार हुने तर कम्पनी सो बारे जवाफदेही नहुने उहाँले जानकारी दिनुभयो । पठाओको सेवा भने निर्वाध संचालन हुने उहाँले जानकारी दिनुभयो ।