पछिल्लो २४ घण्टामा देशभर थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७६ हजार २४४ जना पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ७७ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७२ हजार ९७ जना पुगेका छन ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको र योसँगै हालसम्म कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३०१९ पुगेको मन्त्रालयले जनाएको छ ।








