नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जनसंगठनहरुमा पनि समानान्तर कमिटी बनाउने क्रमलाई तिब्रता दिदै अखिल नेपाल महिला संघपछि युवा संघमा पनि समानान्तर कमिटी गठन गरेको छ ।
खनाल-नेपाल समूहले नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाएको हो । संघको वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी र महासचिवमा दीपक जीएमलाई चयन गरिएको छ ।
उता, ओली समूहले यसअघि नै समानान्तार कमिटी गठन गरेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र नेपाल समूहले पनि जयन्ती राईको नेतृत्वमा छुट्टै अनेम संघ बनाइसकेको छ ।
अखिल नेपाल महिला संघपछि युवा संघमा पनि समानान्तर कमिटी बनाइएको हो ।








