पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७५ हजार ७५० पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा १२३ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७१ हजार ७३३ जना पुगेका छन ।
यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको र योसँगै हालसम्म कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३०१६ पुगेको मन्त्रालयले जनाएको छ ।








