पछिल्लो २४ घण्टामा देशभर थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ६० जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७१ हजार ६१० जना पुगेका छन ।

यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको र योसँगै हालसम्म कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३०१५ पुगेको मन्त्रालयले जनाएको छ ।