प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक बोलाएका छन ।

संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री ओलीले भोलि (विहिबार) विहान ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक आव्हान गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

संसद बैठक बसिरहेका बेला पार्टी संसदीय दलको बैठक बस्नु नियमित प्रक्रिया भएको बताउदै प्रमुख सचेतक भट्टराईले नेकपा एमालेका सबै सांसदहरुलाई बैठकको निमन्त्रणा गरिएको जानकारी दिए ।

भोलीको बैठकमा खनाल नेपाल समूहका सांसद उपस्थित हुने नहुने सबैको चासो बढेको छ । प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक आब्हान गरिरहदा खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला भोलि विहिबारसम्म चल्ने भएकाले सांसदहरु बैठकमा जाने सम्भावना कम रहेको सो पक्षका नेताहरुले बताएका छन ।