पछिल्लो २४ घण्टामा देशभर थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ५५ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७१ हजार ५५० जना पुगेका छन ।

यस्तै, पछिल्लो चौबीस घण्टामा काठमाडाैं उपत्यकामा ५३ जना सङ्क्रमित छन् । भक्तपुरमा ११, ललितपुमा १३ र काठमाडाैं जिल्लामा २९ सहित ५३ थपिएका हुन् ।