नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज सोमबार बैठक बसी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार आजको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्ना धारणा राख्नुभयो । बैठकमा २० जनाले धारणा राख्नुभएको उहाँले बताउनुभयो । केही दिनपछि पुनः बैठक सुचारु गरिने उहाँले जानकारी दिनुभयो ।

बैठकलाई निस्कर्षमा पु(याउन राजनीतिक दलसँगको वार्तालाई पनि निरन्तरता दिनुपर्ने भएकाले तत्कालका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरिएको उहाँले बताउनुभयो । क्रान्तिकारी पार्टी निर्माणका लागि आफूलाई नेताहरुले रुपान्तरण गरेर जानुपर्ने सुझाव बैठकमा आएको नेता श्रेष्ठले बताउनुभयो ।

केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । सर्वोच्च अदालतले राजनीतिक प्रकारको फैसला गरेपछि समस्या बढेको बताउँदै उहाँले बैठकमा बोल्ने वक्ताले एउटै कम्युनिष्ट पार्टी निर्माणमा पहल जारी राख्नुपर्ने सुझाव राख्नुभएको नेता श्रेष्ठले बताउनुभयो ।