नेकपा (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै अध्यक्ष केपी ओली पक्षले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

आइतबार नेता खनाल नेपालसहित ११ जना स्थायी समिति सदस्यले हस्ताक्षर गरेर जारी गरेको संयुक्त वक्तव्यमा सम्पुर्ण पार्टी समर्थक र सदस्यहरुले केपी ओलीको राज्यसत्ता संरक्षित दक्षिण पन्थ र विस्तारवादका विरुद्ध दृढताका साथ संघर्ष गर्दै अपरिहार्य भएको बताएका छन् ।

वक्तव्यमा उनीहरुले ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) को सिद्धान्त, नीति र विधि हाम्रो पक्षमा छ र हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कुकृत्यलाई पराजित गरि छाड्नेछौ’ भनेका छन् ।

त्यस्तै वक्तव्यमा पार्टीको लोकतान्त्रिक र क्रान्तिकारी चरित्रलाई पुनःस्थापित गरी मुलुकको अग्रगामी परिवर्तनलाई सुदृढ रर वामपन्थी शक्तिहरूलाई एकतावद्ध बनाउँदै नेकपा एमालेलाई एकतावद्ध र सशक्त बनाउँदैअघि बढाउन सम्पुर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुमा आह्वान गरेका छन् ।

उनीहरुले प्रधानमन्त्रीसमेत रहेका ओलीले फागुन २८ गते बैठक राखेर एकतर्फी अघि बढ्न खोजेपछि झलनाथ–माधव पक्षले त्यसलाई पराजित गर्न अपिल गर्नुपरेको बताएका छन् । विज्ञप्तिमा ओलीले जनादेश अनुरूप सत्ता सञ्चालन नगरेर सरकारलाई नै विघटन गर्ने दिशातिर अघि बढेको निष्कर्ष पनि निकालेका छन् ।

‘प्रधानमन्त्री समेतको जिम्मेवारी प्राप्त केपी शर्मा ओलीबाट जनादेश अनुरूप पाँच वर्ष वामपन्थी सरकार चलाउने, पार्टीलाई एकताबद्ध गर्दै राष्ट्रिय एकता कायम गर्ने भूमिका निर्वाह गर्नुको सट्टा सरकारलाई विघटनतर्फ लैजाने, प्रतिनिधिसभालाई असंवैधानिक रूपमा विघटन गर्ने, वामपन्थी एकता र कम्युनिस्ट पार्टीको एकीकरण समाप्त पार्ने र आफ्नै पार्टी नेकपा ९एमाले० समेत विभाजित गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने कुकर्मतर्फ काम–कुराहरू भएको देखिन्छ,’ वक्तव्यमा भनिएको छ ।

यस्तो छ संयुक्त वक्तव्य