सिरहा मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट भएको छ । विष्फोटमा ८जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बम विस्फोटमा गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको बताइएको छ ।

यसैबीच, बम विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।