नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र रक्षाका लागि कम्युनिष्टहरु बिरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।

कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेलामा सभापति देउवाले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टी विरुद्ध लड्नुपर्ने बेला आएको बताएका हुन् ।

कम्युनिष्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।

सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । कांग्रेसले लोभ र हतार गर्न नहुने भन्दै उनले परिस्थिति आइप¥यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारे ।

सभापति देउवाले महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने भन्दै महिला मतदातालाई पार्टीमा आकर्षित गराउन महिला नेतृहरुलाई आग्रह गरे ।