वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् ।
वैदेशिक राेजगार विभागले वैदेशिक राेजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेकाे छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्याेति लाईफ इन्स्याेरेन्ससँगकाे सहकार्यमा माेबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेकाे छ ।
बीमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेकाे वैदेशिक राेजगार विभाग बीमा (DOFE Insurance) मा ट्याप गरेर आफ्नाे पासपाेर्ट नम्बर लगायतका विवरण भर्नुपर्छ । मागेकाे विवरण सबै भरेपछि ताेकिएकाे शुल्क खल्ती एप वा Khalti.com बाट भुक्तानी गर्न सकिन्छ । शुल्क भुक्तानी गरेपछि व्यक्तिकाे बीमा पाेलिसी तयार हुन्छ । त्यसलाई डाउनलोड गरेर राख्नुपर्छ ।
साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सक्नेछन् । यसले वैदेशिक राेजगारीमा जानेहरूलाई निकै सहज हुने कम्पनीले विश्वास लिएको छ ।








