प्रतिनिधिसभाको भर्खरै शुरु भएको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

बैठक शुरुहुनासाथ सभामुख अग्नीप्रसाद सापकोटाले विभिन्न समयमा निधन हुनुभएका भूतपूर्व सभासद तथा वहालवाला सांसदहरुको निधनप्रति श्रदाञ्जली अर्पण गर्नुभएको छ ।

बैठकले शोक प्रस्ताव पारित गरेको छ । साथै अर्को बैठक आगामी चैत्र ३ गते बस्ने कार्यक्रम छ ।

बैठकमा सहभागी हुन संसद भवन पुग्नु भएका प्रधामन्त्री केपी शर्मा ओली केहीबेर अघि बाहिरिनुभएको थियो ।