दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुदा जीपमा सवार ३ जनाको मृत्यु र  अरु ३ जना गम्भीर घाइते भएका छन ।

दुर्घटनामा जीप चालक लेकम गाउँपालिका–६ का ३८ वर्षीय करन नाथ र शैल्यशिखर नगरपालिका–८ का ७० वर्षीय सुनादेवी पन्तको घटनास्थलमै मृत्यु भएको हो । शैल्यशिखर–८ का ४० वर्षीय पदमराज पन्तको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा परी शैल्यशिखर–८ का ७२ वर्षीय बुद्धिबल्लभ पन्त, पदमराज पन्तका छोराहरु १२ वर्षीय मुकेश पन्त र ७ वर्षीय बसन्त पन्त तथा ७० वर्षीया गंगा पन्त रहेको सूचना अधिकारी चन्दले बताउनुभयो ।

जीप उचकोटको कच्ची सडकबाट १ सय मिटर तल खसेको छ । घाइतेहरूको उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।

सडकबाट भण्डै दुई सय मिटर तल खसेको जीप क्षत विक्षत भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।