मेलम्चीको पानी आज सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने, प्रधानमन्त्रीले अवलोकन गर्ने

news-details

मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट आज (शनिवार) पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने भएको छ ।

हाल परीक्षणका लागि सुरुङमा पठाइएको पानी भोलि अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सोको अवलोकन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए ।

उहाँले आजसम्म पानी १९ किलोमिटरको दुरीमा पानी आइपुगेको र अब एक किलोमिटर जति असजिलो भाग रहेको र त्यसपछि बाँकी भाग ओरालो भएकाले शनिवारसम्म पानी सुन्दरीजल आइपुग्ने बताए ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको थियो ।

हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *