नवलपुरबाट सार्वजनिक भए विप्लव, शहीद परिवारसँगको भेटघाट पछि काठमाडौं प्रस्थान

news-details

नेकपा विप्लव समूहका नेता तथा महासचिव नेत्र विक्रम चन्द विप्लव नवलपरासी पूर्वको नवलपुरबाट सार्वजनिक भएका छन । सार्वजनिक भएसँगै उनी काठमाडौ आइरहेको जनाइएको छ ।

सरकारसंगको वार्तापछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट सार्वजनिक भएका हुन । हिजो साँझ नवलपरासी प्रवेश गरेका विप्लव देवचुली नगरपालिका –१३,का शहिद परिवारको घरमा बसेका थिए ।

विहान कार्यकर्ताहरुसंगको भेटघाट पछि उनी केन्द्रिय सदस्य बाला थापा र आधा दर्जन आफ्ना सहयोगीसहित काठमाण्डौ हिडेको जनाइएको छ ।

विप्लवले आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओलीसँगै एउटै मञ्चबाट सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *