प्रधानमन्त्री ओली र विप्लवले आज संयूक्त समारोहमा सम्बोधन गर्ने

news-details

हिजो सरकार र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएपछि सार्वजनिक हुन लागेका विप्लव समूहका नेता नेत्र विक्रम चन्द विप्लव आज काठमान्डौ आउँदै छन ।

उनी आजै राष्ट्रिय सभागृहमा हुने सार्वजनिक समारोहमा सहभागी हुन चितवनबाट काठमान्डौँ आउन लागेका हुन ।

सार्वजनिक समारोहमा आजै प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्चबाट संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार एवमं वार्ता टोलीका सदस्य डा राजन भट्टराइले जानकारी दिएका छन ।

आजको समारोहमा हिजोको सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी पनि गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *