नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच आजै दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ ।
आज विहान पहिलो चरणको वार्ता भएकोमा अहिले साझ दोस्रो चरणको वार्ता सम्पन्न भएको हो ।
अहिले साझ सम्पन्न दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुबै पक्ष समान धारणा नजीक पुगेको भन्दै वार्ता टोलीका सदस्य राजन भट्टराइले वार्ता छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको ट्वीटरमार्फत जानकारी गराएका छन ।








