पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७४ हजार १४३ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ८२ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७० हजार ४०७ जना पुगेका छन ।
यस्तै २४ घण्टामा काठमाडौं उपत्यकामा ३७ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकाको भक्तपुरमा ६, ललितपुरमा ५ र काठमाडौंमा २६ जनामा कोरोना पुष्टि भएको छ ।








