पछिल्लो २४ घण्टामा देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७० हजार ३२५ जना पुगेका छन ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या दुई हजार ७७३ जना पुगेको छ ।








