काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लू भेटियो, हजारौ कुखुरा र दाना नष्ट गरियो

news-details

काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ ।

बर्डफ्लू देखिएपछि तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहीबार साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।

विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकाल जनाकारी दिए ।

यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ । फार्ममा रहेको ७ सय ५० किलो दाना पनि नष्ट गरिएको टोलीले जनाएको छ । तारकेश्वर नगरपालिका–१ मा बर्डफ्लुका कारण यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।

उनले भने ‘हिजो बर्ड फ्लू देखिएको हो । विभागमा केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेको छ। अबको केही घण्टामा हामी सबै जानकारी सार्वजनिक गछौं ।’

यस अघि पनि तारकेश्वर नगरपालिका र सुर्खेतमा बर्डफ्लूको सङ्क्रमण देखिएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *