नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

news-details

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजेका लागि पूर्वनिर्धारित बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको उक्त बैठक आज बैठक नबस्ने  र अबको १-२ दिनमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि हिजो बुधबार बसेको स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय मुलुकमा विकसित राजनैतिक घटनाक्रमले पारेको प्रभाव र अबको रणनीति लगायत विषयमा छलफल गर्न बिहीबार (आज)का लागि समेत बैठक बोलाइएको तर थप गृहकार्य गर्नुपर्ने भएपछि बैठक स्थगित भएको हो ।

गत पुस ५ मा विघटन गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको निष्कर्ष सहित यही फागुन ११ गते सर्वोच्च अदालतले पुनर्स्थापना गर्न परमादेश जारी गरिसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *