अदालतको फैसला सामान्य हो, यसले मलाई कुनै असर गर्दैन : प्रधानमन्त्री ओली

news-details

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला सामान्य भएको र यसले आफूलाई कुनै असर नगर्ने बताएका छन । ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाले आफूलाई कुनै असर नगर्ने बताएका हुन ।

उनले आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने बताउदै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको खुसीयालीमा दाहाल–नेपाल समूहले मनाएको खुसीयालीप्रतिई लक्षित गर्दै भने, ‘मेरा भाईहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन् । के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछ हेर्नु छ ।’

त्यस्तै, उनले जिन्दगीको कुनै ठेगान नभएको र जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो, भन्दै भने, ‘भोलि–पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि भन्ने लागिरहेको छ । राजीनामा देउ, राजीनामा देउ । त्यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हर्टअट्याक भएर मर्न सक्छ । ब्रेन ह्यामरेज भएर मर्न सक्छ । गाडी ठोक्किएर मर्न सक्छ ।’

यसैक्रममा तत्काल राजीनामा नदिने संकेत गर्दै उहाँले अहिलेकै सरकार रहने र विकासको कुरा अगाडि बढिरहेको पनि बताए । विकासको मार्गमा निश्चिन्त रुपमा अगाडि बढ्न पनि उनले सुझाएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *