अदालतले तोकेको समयसीमा भित्रै संसद् बैठक आह्वान गर्ने प्रधानमन्त्री केपी शर्मा ओली समूहले निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली पक्षीय नेकपाको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले अदालतले दिएको समयसीमाभित्र संसद् अधिवेशन बोलाउने जानकारी दिएका हुन ।

ओली पक्षीय नेकपाका प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले देशलाई लामो समय अन्योलमा राखिरहन नहुने भएकाले प्रधानमन्त्रीले रानीतिक दलहरुसँगको छलफल र परामर्शपछि उपयुक्त कदम चाल्ने बताए ।

स्थायी कमिटी बैठकले सर्वोच्चको फैसला सम्मानका साथ कार्यान्वयन गर्ने, पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्ने, देशमा विभिन्न स्थानमा राखिएका कार्यक्रमहरूलाई स्वरूप परिवर्तन गरेर निरन्तरता दिइने निर्णय गरेको पनि ज्ञवालीले जानकारी दिए ।