प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएका छन ।
सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनस्थापनाका पक्षमा फैसला गरेपछि ओलीले बुधबार बिहान ११ बजेका लागि स्थायी कमिटि बैठक बोलाएका हुन ।
बालुवाटारमा बस्ने बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको छ ।








