पछिल्लो २४ घण्टामा देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा १०२ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७० हजार ६८ जना पुगेका छन ।
पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको र हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २०६५ पुगेको मन्त्रालयले जनाएको छ ।








