पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना

news-details

पूर्व प्रधानमन्त्री एबं जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन ।

उनलाई भारतको नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा बिहान ९ बजेदेखि भर्ना गरिएको जसपा केन्द्रीय सदस्य तथा भट्टराईका प्रेस सल्लाहकार विश्वद्वीप पाण्डेले जानकारी दिएका छन ।

उनलाई अस्पतालमा आज दिनभर राखी आवश्यक सबै परीक्षण गरिने बताइएको छ । उनले लामो समयदेखि पेटसम्बन्धी समस्याको नेपालमा उपचार गराइरहेका थिए ।

चिकित्सकले न्यूरो(इन्डोक्राइनको ट्युमर भएको आशंका गरी चिकित्सककै सल्लाह अनुसार भट्टराई नेपाल वायु सेवा निगमको जहाजबाट सोमबार दिल्ली गएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *