प्रधानमन्त्रीद्वारा सुरक्षा परिषद् बैठक आब्हान, लगत्तै मन्त्रिपरिषद् बैठक बस्दै

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन । अहिले बिहान ९ बजे बोलाइएको बैठकमा समसामयिक सुरक्षा चासो र देशमा विकसित पछिल्ला घटनाक्रमहरुमाथि छलफल हुने जनाइएको छ ।

हुन त विगतमा पनि देशको सुरक्षा अवस्थाबारे छलफल गर्न नियमितजसो सुरक्षा परिषद बैठक बस्ने गथ्र्यो । यसपटक भने राजनीति जटिल मोडमा पुगेको र संसद विघटनको मुद्दामा सर्वोच्च अदालतबाट फैसला आउने क्रममा रहेको अवस्था छ । यसैले पनि सुरक्षा परिषद बैठकलाई चासोका साथ हेरिएको छ । यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।

आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत सहभागी हुने जनाइएको छ । यसअघि सोमबार प्रधान सेतापति र प्रधानन्यायाधीशबीच भेटवार्ता भएको थियो ।

सुरक्षा परिषद बैठकलगत्तै मन्त्रिपरिषद बैठक समेत बस्ने बताइएको छ । यसले मुलुकको पछिल्लो अवस्थालाइ हेरी केही महत्वपूर्ण वा अनपेक्षित निर्णय समेत हुनेसक्ने अडकल काटिएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ, जसमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *