सर्वोच्चले छाड्न आदेश दिएलगत्तै पक्राउ परे विप्लव समूहका नेता बाँस्तोला

news-details

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको हो । उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ ।

उनीमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरि काभ्रे पठाउने तयारी भइरहेको परिसरले जनाएको छ । पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक पटक पक्राउ गर्दै आएको छ ।

सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले बाँस्तोलालाई पक्राउ गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *