नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले ६४ जिल्ला र ४ महानगरको अध्यक्ष र सचिव चयन गरेको हो ।
सो समूहले ६४ जिल्लासहित काठमाडौैं, ललितपुर, भरतपुर र विरगंज महानगरपालिकाको अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
आइतबार पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी जारी गरिएको मापदण्ड सार्वजनिक भएको थियो ।
अब १३ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेको र ती जिल्लामा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने बताइएको छ ।
हेर्नुहोस् सूची :








