प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरूद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेशसभामा प्रस्तावक इन्द्रबहादुर आङ्बोले उक्त प्रस्ताव सदनसमक्ष पेश गरेका हुन ।
गत पुस १२ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रस्ताव लामो समयसम्म सदनमा पेश भएको थिएन । अविश्वासको प्रस्ताव पेश भएपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन ।
आजको बैठकमा सरकारका मन्त्रीहरू र सरकार पक्षीय साँसदहरू सहभागी भएनन् । मन्त्री नभए पनि बैठक अघि बढेको थियो । प्रतिपक्ष दलहरू भने बैठकमा उपस्थित थिए ।








