पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २७८ सहित देशभर थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।
उपत्यकाको काठमाडौंमा २०७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना संक्रमित भेटिएका हुन् ।
यस्तै पछिल्लो चौबीस घण्टामा ७१८ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ५० हजार ५८१ जना पुगेका छन ।
यस्तै पछिल्लो चौबीस घण्टामा ७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ ।








